Logo
Logo

आमसञ्चार माध्यमसम्बन्धी विधेयक छिट्टै अगाडि बढ्छ : सभामुख


378
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आमसञ्चार माध्यमसम्बन्धी कानूनलाई अघि बढाउनका लागि आफ्नो सकारात्मक साथ हुने बताएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रेस काउन्सिल नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘मिडियामा महिलाका सवाल’ विषयक कार्यक्रममा सभामुख घिमिरेले आमसञ्चार माध्यमसम्बन्धी विधेयकलाई छिटो अघि बढाउनका लागि आफ्नो साथ हुने बताएका हुन् ।

उनले आमसञ्चारमाध्यमसँग सम्बन्धित विधेयकबारे सांसदहरूको ध्यानाकर्षण गराउन प्रेस काउन्सिल नेपाललाई सुझाव दिए । उनले सूचना प्रविधिको बिकाससँगै यसले समाजमा पारिरहेका नकारात्मक असरहरुलाई नियन्त्रण गर्नका लागि आवश्यक ऐन कानुन बन्न नसकेको र भएका केहि कानूनहरुको पनि गलत ढंगले प्रयोग भइरहेको बताए ।

सभामुख घिमिरेले चर्चामा रहेका बिषयहरु र नेताहरुलाई नै प्रचारमा ल्याउने काम मात्रै आमसञ्चारले गरिरहेको भन्दै बिषयबस्तुलाई पार्ने प्रभावलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलको ऐन र सञ्चारमाध्यमको ऐनलाई तत्काल संशोधन आवश्यक रहेको बताए । उनले सञ्चारमाध्यमको पुरानो परिभाषाले सञ्चारमाध्यमको नयाँ आयामलाई समेट्न नसकेको जिकिर गरे ।

त्यस्तै अन्य सहभागीहरुले आमसञ्चार माध्यममा महिला सञ्चारकर्मीहरुको अवस्थामा बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्