Logo
Logo

सामाजिक परिवर्तनका विरोधीहरु सत्ता कब्जा गर्न सफल छन् : ओली


819
Shares

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले राम्रो गर्न खोज्दा पार्टीमाथि चारतिरबाट प्रहार भइरहेको दावी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवि परिषद केन्द्रिय समिति बैठकमा यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले भने, ‘दूर्भाग्यको कुुरा देशका लागि के हो भने एमालेजस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार केन्द्रित हुन्छ । यथार्थता यही हो नि किनभने, सामाजिक परिवर्तन र रुपान्तरणका विरोधी शक्तिहरु सत्ता कब्जा गर्न सफल छन् ।’

उनले जनतालाई भ्रममा पार्न सफल शक्तिहरुले अहिले पनि सत्ता कब्जा गरिरहेको दावी गर्दै त्यसबाट मुक्त पार्ने काममा लाग्न पार्टी निकट बुद्धिजीविहरुसँग आग्रह गरे ।

जनतालाई अलमल्याउने र दिग्भ्रमित पार्ने अनि पथभ्रष्ट बनाउने तत्वबाट जनतालाई मुक्त गराउन बुद्धिजीविहरुले विगुल फुक्न जरुरी रहेको उनको भनाइ छ । उनले लेखेर, बोलेर, गोष्ठी, सभा, सम्मेलन गरेर भएपनि एमाले निकट बुद्धिजीविहरुले जनतालाई भ्रममुक्त बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्