Logo
Logo

माओवादी कांग्रेसको ढोक्सामा परेको होइन : महरा


693
Shares

कटारी । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताएका छन् ।

उदयपुरको कटारीमा शनिबारदेखि सुरु भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कोशी प्रदेशको दोस्रो सम्मेलनका क्रममा यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष महराले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा जित्ने बताए ।

उनले भने, ‘राष्ट्रपतिको दायित्व नै संविधान तथा गणतन्त्रको रक्षा एवं शान्ति प्रक्रियाको काम पुरा गर्नु भएकाले हामीले यो समीकरण बनाएका हौँ ।’

प्रतिक्रिया दिनुहोस्