Logo
Logo

सत्ता गठबन्धनको बैठक बस्दै


1.1k
Shares

काठमाडौं । आठ दलीय सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक आज (आइतबार) अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

बेठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल हुने बताइएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगत्तै मन्त्रिपरिषद् विस्तार हुने गरी दलहरुबीच भागवण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलका नेताहरुसँग परामर्श गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारदाई समर्थन गर्ने निर्णय गरेपछि पुरानै मंसिर ४ को गठबन्धन ब्युँतिएको छ । कांग्रस लगायतका दलहरूसँग गठबन्धन गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिएका थिए । हाल प्रचण्ड नेतृत्वको सरकारमा १६ मन्त्रालय रिक्त हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्