Logo
Logo

सिद्धार्थ बैंकको नाफाभन्दा धेरै लाभांस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ कातिक । सिद्धार्थ बैंकले नाफाभन्दा धेरै लाभांस दिएपछि बैंकका शेयरधनी खुसी भएका छन् । कम्पनीहरुको प्राय साधारणसभामा नकारात्क टिप्पणी भएपनि बिहीबार बैंकको १८औँ वार्षिक साधारणसभामा भने प्रशंसा गरिएको थियो ।
लगानीकर्ताले बैंकको निक्षेप तथा कर्जा लगानी बढेअनुसार पूँजी पनि बढाउनुपर्ने भन्दै नगदमा भन्दा बोनस शेयरमा ध्यान दिन आग्रह गरे ।
बैंकले गत आर्थिक वर्षको नाफा र सञ्चित मुनाफाबाट लाभांस दिएको थियो । लेखापरिक्षण प्रतिवेदनअनुसार बैंकको लाभांस बाँड्न योग्य नाफा एक अर्ब ७५ करोड रुपैयाँ छ ।
बैंकले नाफाबाट १५.२६ अर्थात एक अर्ब ३५ करोड रुपैयाँ नगद लाभांस वितरण गरेको थियो भने चुक्ता पूँजीको १० प्रतिशत अर्थात ८८ करोड ८७ करोड रुपैयाँ बोनस शेयरको प्रस्ताव साधारणसभाबाट पारित गरेको छ ।
बोनस शेयर सञ्चित मुनाफाबाट दिएको हो । गत आर्थिक वर्ष प्रक्षेपित नाफाभन्दा लेखापरीक्षणपछि ५.४० प्रतिशतले बढेको बैंकले जनाएको छ । बैंकले दुई अर्ब १४ करोड रुपैयाँको नाफा प्रक्षेपण गरेकोमा लेखापरीक्षणपछि दुई अर्ब २५ करोड रुपैयाँ आर्जन गरेको छ ।
व्याज खर्च प्रक्षेपण गरेको भन्दा १४.२६ प्रतिशतले घटेको बैंकले जनाएको छ । बोनस शेयरपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ७७ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्