Logo
Logo

मिटरब्याजी श्याम परदेशीलाई धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश


1.8k
Shares

काठमाडौं । सम्पत्ति सुद्धिकरणको मुद्दामा थुनामा रहेका सर्लाहीका मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहलाई विशेष अदालतले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

साहविरुद्ध सम्पत्ति सुद्धिकरण विभागले मुद्दा दायर गरेको थियो । विशेष अदालतका सूचना अधिकृत नारदप्रसाद भट्टराईका अनुसार आइतबार अदालतमा उपस्थित गराइएका साहलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
साहको मिटर ब्याजको कारण पीडितहरुले दिएको उजुरीमाथि छानबिन गरी विभागले मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्