Logo
Logo

राजेन्द्र लिङ्देनसँग रामचान्द्र पौडेलले मागे भोट


693
Shares

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भोट मागेका छन् ।

आज (सोमबार) कांग्रेस नेताहरू धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालय पुगेर पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष लिङदेनसँग भेट गरेका हुन् ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको बताए । उनले राप्रपाले सकारात्मक जवाफ दिएको र अग्रिम शुभकामना दिएको पनि बताए ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरुसँगको भेटलाई तीव्र बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्