Logo
Logo

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाको बैठक बस्दै


567
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो १ बजे केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

आजको बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा बिभिन्न विकल्पमा छलफल हुने बताइएको छ । यही २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका बरिष्ट रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्