काठमाडौं । आज हुने राष्ट्रपति निर्वाचनमा मतदाताहरुलाई मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाईको छ ।
मतदाताहरुले मतदानस्थलमा मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ ।
निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार मतदानस्थलमा मोबाईल लैजान प्रतिबन्ध गरिएको छ । गोप्य मतदान भएकाले तस्विर खिच्न पनि प्रतिबन्ध छ भने यसो गरेका पाईएमा कानुन अनुसार कसुर गरेको ठहरिने उनले बताए । ‘साथै, लाइटर, हातहतियारजस्ता निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कुनै पनि समान लैजान पाईने छैन’, उनले भने ।
राष्ट्रपतिमा गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुँदैछ ।










