Logo
Logo

राष्ट्रपति निर्वाचनमा ८३१ मत खस्यो, प्रदेशतर्फ ५१८


1.1k
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको बिहीबार भएको राष्ट्रपति निर्वाचन मतदानमा कुल ८३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए । यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् । यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ ।

यस्तै प्रदेशतर्फ ५५० मध्ये ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्