Logo
Logo

उपराष्ट्रपतिमा पुरुषलाई अगाडि सार्नु संविधान विपरित : एमाले


2.1k
Shares

काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिमा पुरुषलाई अगाडि सार्नु संविधानको मर्म विपरित भएको जनाएको छ ।

आज बसेको एमालेको सचिवालय बैठकले राष्ट्रपतिमा पुरुष उमेदवार निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उमेदवार उठाउन खोज्नु संविधान विपरित भएको ठहर गरेको हो ।

‘पुरुषलाई नै दुई वटै पदमा उठाउने कुरा संविधान विपरित हो’, बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

एमालेले चैत ३ गते हुने उपराष्ट्रपतिका लागि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उमेदवारी दर्ताको समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्