Logo
Logo

उपराष्ट्रपतिको उम्मेदवारबारे जसपा अफ्ठ्यारोमा


2.7k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक आज ११ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाएको हो ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार उपराष्ट्रपतिमा उम्मेदवारीलगायत अन्य समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो ।

जसपाले पार्टीका प्रतिनिधि सभा सदस्य एवं कार्यकारिणी सदस्य रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरिसकेको छ । निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले अब उपराष्ट्रपतिमा महिला उमेदवार हुनु जनाएपछि जसपा अफ्ठेरोमा परेको छ ।

स्रोतका अनुसार जसपाबाट महिला र पुरुष दुवै उम्मेदवार बनाउने निर्णय भएको छ । जसपाले पुरुषमा रामसहाय यादवलाई नै उम्मेदवार बनाउनेछ भने महिलामा प्रमिला यादवलाई अघि सार्ने सम्भावना रहेको एक नेताको भनाई छ ।

आयोगको कुराले फरक लिङ्गलाई उम्मेदवार बनाउने कि फरक समुदायबाट उम्मेदवार बनाउने त्यस विषयमा दलहरूको बीचमा विवाद उत्पन्न भएको छ ।

सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले पनि आफ्नो पार्टीका केन्द्रीय सदस्य ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । तर चार दल (नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा)बीच जसपालाई उपराष्ट्रपति दिने सहमति यसअघि नै भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्