Logo
Logo

उपराष्ट्रपतिमा जनमत र जसपाको दाबी


1.8k
Shares

काठमाडौं । उपराष्ट्रपतिका लागि सत्ता साझेदार दल जनता समाजवादी पार्टी र जनमत पार्टीले दाबी गरेका छन् ।

जसपा र जनमतले आआफ्नो उम्मेदवार सत्ता साझेदार १० दलको साझा उम्मेदवार रहेको दाबी गरेका हुन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टीले उम्मेदवार बनाउने ममता झालाई सत्ता साझेदार दलले समर्थन गरेको बताए ।

जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएपछि सत्ता साझेदार दलले ममता झालाई समर्थन गरेको अध्यक्ष राउतको भनाई छ ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपराष्ट्रपति जसपाकै भागमा परेको हुनाले उम्मेदवार कसलाई बनाउने छलफल भइरहेको बताए । जनमत वा अन्य कुनै दललाई समर्थन गर्ने कुरा नभएको उनको भनाई छ ।

जसपाको पहिलो रोजाई रामसहाय यादव नै हो, उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भइसकेको छ, तर अहिले आएर केही अपव्याख्या भइरहेको छ, त्यसको विषयमा पार्टीले छलफल गर्न लागेको केही निर्णय सार्वजनिक हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्