Logo
Logo

‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनु अनिवार्य छैन’


504
Shares

काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय यादवले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंगको हुनु नपर्ने जवाफ दिएका छन् ।

आइतबार निर्वाचन अधिकृृतको कार्यालय पुगेर यादवले आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीको जवाफ दिँदै राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंगको हुनुपर्ने व्यवस्था संविधानमा नरहेको दाबी गरेका हुन् ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा फरक लिंगको हुनुपर्ने स्पष्ट व्यवस्था भएको तर राष्ट्रपति र उपराष्ट्रपतिको हकमा भने त्यो व्यवस्था नरहेको यादवको जवाफमा उल्लेख छ ।

‘नेपालको संविधानको धारा ९१ (२) मा उपदफा १ बमोजिम निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनु पर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ । सो धारामा महिलाको अनिवार्य गरेको देखिन्छ,’ जवाफमा भनिएको छ, ’तर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको सम्बन्धमा रहेको संवैधानिक र निर्वाचन सम्बन्धित ऐन २०७४ मा त्यस्तो अनिवार्य व्यवस्था छैन ।’

संविधानको भावना र उद्देश्य अनुकूल विभिन्न समुदायको व्यक्ति राष्ट्रपतिमा र उपराष्ट्रपतिमा निर्वाचित हुने भनी समावेशी सिद्धान्तलाई अंगीकार गरिएको यादवको जवाफ छ । जसपाबाटै प्रमिला कुमारी यादव उपराष्ट्रपतिको उम्मेदवार छन् । यता एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतबाट ममता झा पनि उम्मेदवार छन् ।

राष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध शाक्य र झाको तर्फबाट उजुरी परेको थियो । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्