
काठमाडौं । झापाका विभिन्न स्थानबाट प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ ।
‘कोशी’ प्रदेश खारेजीको माग गर्दै आज आइतबार बन्द आह्वान गरेर सडकमा निस्किएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आज बिहान बिर्तामोड र काँकडीभिट्टाबाट ५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
त्यस्तै दमकबाट ८ जना पक्राउ परेका छन् । प्रहरीले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै प्रदेश आम हडताल आह्वानकर्ता प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले निन्दा गरेको छ ।











