Logo
Logo

बलात्कार आरोपमा ३ जना पक्राउ


882
Shares

दाङ । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगी बलात्कार गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्