काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको दुईदिने प्रथम राष्ट्रिय अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । भक्तपुरको बोडेमा शुक्रबार र शनिवार गरी दुईदिनसम्म चलेको अधिवेशनले गगनसिंह विष्टको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

अध्यक्ष र अन्य पदमा धेरैको उम्मेदवारी परेपछि निर्वाचनमा जाने वा सर्वसम्मत गर्ने भन्ने बिषयमा लामो छलफल चलेको थियो । छलफलपश्चात अधिवेशनले शनिवार मध्यराति विष्टको नेतृत्वमा नयाँ टिम सर्वसम्मत घोषणा गरेको हो ।
निर्वाचन मण्डलले घोषणा गरेको विष्टको अध्यक्षताको नयाँ टिमको सह–अध्यक्षमा शरण कुमार गुरुङ, वरिष्ठ उपाध्यक्षमा याम बहादुर खाती, चेतराज न्यौपाने, उपाध्यक्ष खुल्लातर्फ जयदेव जोशी, मधु मिजार, र दिनेश लम्साल चयन भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा सिता गुरुङमा चयन भएकी छन् ।
त्यस्तै अधिवेशनले सातै प्रदेशमा एक एक जना उपाध्यक्ष समेत चयन गरेको छ । जसअनुसार कोशी प्रदेशको उपाध्यक्ष भुवन राई, मधेश प्रदेशमा जयकान्त झा, वागमती प्रदेशमा धुब्रबहादुर कार्की, गण्डकी प्रदेशमा चुडाबहादुर केसी, लुम्बिनी प्रदेशमा बखतबहादुर खड्का, कर्णाली प्रदेशमा भीमबहादुर विष्ट र सदूरपश्चिम प्रदेशमा नृपराज जोशी चयन भएका छन् ।
त्यस्तै संगठनको मधेशी उपाध्यक्षमा सुरेन्द्र ठाकुर, आदीवासी जनजाती उपाध्यक्षमा बुद्धिबहादुर बुढाथोकी, पिछडिएको क्षेत्र उपाध्यक्षमा लोकराज न्यौपाने, अस्थायी करार उपाध्यक्षमा शामप्रसाद सापकोटा, प्रदेश तह उपाध्यक्षमा मुकुन्द दहाल, स्थानीय तह उपाध्यक्षमा दयाराम खत्री, उपत्यका प्रदेश उपाध्यक्षमा करिकाजी राई र श्रेणी विहिन उपाध्यक्षमा शेरसिंह भण्डारी चयन भएका छन् ।
त्यस्तै संगठनको महासचिवमा प्रकाश राई चयन भएका छन् भने उपमहासचिवमा खुलातर्फ अच्युत लामिछाने र टंकनाथ ज्ञावाली चयन भएका छन् । संगठनको महिला उपमहासचिवमा रिता सिग्देल चयन भएका छन् ।
त्यस्तै संगठनको खुला र प्रदेश सचिवमा १४ जना चयन भएका छन् । महिला सचिवमा टिकादेवी आर्चाय र रिता राना पुन चयन भएका छन् । त्यस्तै कोषध्यक्षमा गणेशप्रसाद आचार्य सह– कोषध्यक्षमा चन्द्रा डांगी चयन भएका छन् ।











