काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजबादीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिब नेत्रविक्रम चन्द ‘विप्लप’ र नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकान्ड’बिच भेटवार्ता भएको छ ।

आइतबार नेता खनाल निवास डल्लुमा उनीहरुबी करिब दुई घन्टा कुराकानी भएको थियो । सोक्रममा वर्तमान समयसामयिक राजनैतिक परिस्थितिको सन्दर्भमा विचार आदानप्रदान भएको थियो ।
उनीहरुले कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हावी हुँदै गरेको प्रति नेताहरुले चिन्ता व्यक्त गरेका थिए । उनीहरुबीच आगामी दिनमा सबै बामपन्थीहरुबीच एकताको सम्भावनाबारे पनि छलफल भएको नेता खनालको स्वकिय सचिव कृष्ण भट्टराईले जनाए ।











