Logo
Logo

स्ववियु निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज


504
Shares

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् ।

दिउँसो २ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ । यसअघि हिजो उम्मेदवारको नामावली उपर दाबी विरोध र नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो । चैत ५ गते हुने निर्वाचनका लागि शनिबार देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता भएको थियो ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन ।

निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी कायम गरिएको छ । प्रत्यक्ष तथा समानुपातिकतर्फका उमेदवार वि.सं. २०५१ फागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उम्मेदवार बन्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्