Logo
Logo

‘क्यान्सर’ पीडित पुनमलाई सहयोग गर्न आग्रह


378
Shares

कञ्चनपुर । मजदुरी गरेर जीविका चलाउँदै आएकी शुक्लाफाँटा नगरपालिका-१० झलारी खल्ला बस्तीकी ३२ वर्षीया पुनम नेपाली उपचार खर्च जुटाउन नसक्दा घरमै थला परेका छन् ।

बायाँ खुट्टामा भएको घाउको समयमै उपचार गराउन नसक्दा नेपालीलाई क्यान्सर भएको छ । आर्थिक अभावमा उनले उपचार गराउन पाएको छैन । पीडा सहदै नेपाली घरमै बस्दै आएकी छन् ।

दुई छोरा एक छोरीकी आमा पुनमलाई श्रीमान्ले छाडेर गएपछि उपचार गराउने व्यक्ति घरमा छैनन् । ‘मजदुरी गरी जीविका चलाउन सक्दैन”, उनले भने, ‘बालबालिका भोकभोकै बस्न बाध्य छन्, उपचार नपाउँदा पीडामा बाँच्न बाध्य छु ।’

उनका अनुसार केही दिनका लागि पुग्ने गरी नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष दानबहादुर ऐरले आफ्नै लगानीमा चामल, दाल, नुन, तेल उपलब्ध गराउनुभएको थियो । उपलव्ध गराएको राहत सामग्री सकिएको छ । उनले भने, ‘बालबालिका भोकभाकै बस्न बाध्य भएका छन् ।’

शुक्लाफाँटा नगरपालिका नगरस्तरीय एकल महिला समूहका अध्यक्ष शान्तिदेवी धामीको पहलमा नेपालीलाई महाकाली प्रादेशिक अस्पताल पु¥याएर घाउ चेकजाँच गराउने कार्य गरिएको छ । ‘सडकमा हिँड्दै रुँदै गरेका बेला फेला पारी नेपालीलाई अस्पताल पु¥याएर घाउ चेकजाँच गराउने कार्य गरेका छौँ’, धामीले भने, सकले क्यान्सर भएको भनेर जवाफ दिनुभएको छ, घरमै दैनिक डे«सिङ गर्ने र पेन किलर दिने कार्य भइरहेको छ’, नेपालीसँग नागरिकता थिएन ।

‘नागरिकता नहुँदा निःशुल्क उपचार गराउन सम्भव थिएन, कुनै पनि निकायबाट सहयोग माग्न अप्ठेरो थियो’, उनले भने, ‘मतदाता परिचयपत्रका आधारमा नेपालीको नागरिकता बनाएका छौँ’, नगरपालिका संग सहयोगको याचना गरिएको उनले बताए । राज्यको सेवा सुविधा नेपालीले पाउन भनेर नागरिकता बनाउन सहयोग गरेको उहाँको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्