
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल रहेको बताएका छन् । आइतबार दुई कार्यकाल सकिएपछि सामाजिक सञ्जालमार्फत नेता राउतले राष्ट्रपति भण्डारीको प्रशंसा गरेका हुन् ।
अध्यक्ष राउतले राष्ट्रपतिको स्थान आफैंमा प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै एउटा गाउँमा आमजनताको घरमा जन्मेको व्यक्ति त्यसमा पनि अझ एकल महिला राष्ट्राध्यक्ष हुन पाउनु आफैंमा सबै नेपालीको लागि प्रेरणा भएकाे बताएका छन् ।











