Logo
Logo

शीतलनिवासबाट छोरीको घरमा जाँदै विद्यादेवी भण्डारी


3.3k
Shares

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट तत्कालका लागि छोरीको घरमा जाने भएकी छन् ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिएसँगै भण्डारी शीतलनिवासबाट बाहिरिन लागेकी हुन् ।

भण्डारीको दुई कार्यकाल गए रातिदेखि सकिएको हो । उनका स्वकीयसचिव भेषराज अधिकारीका अनुसार भण्डारी यसअघि काठमाडौंको बूढानीलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा थिइन् । तर, त्यहाँ मर्मतको काम बाँकी रहेकाले तत्कालका लागि छोरीको घरमा बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्