Logo
Logo

राष्ट्रपति पौडेलले दिए काँग्रेसबाट राजीनामा


756
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसबाट राजीनामा दिएका छन् । नवनिर्वाचित पौडेलले सोमबार दिउँसो १ बजे कामु प्रधानन्यायाधीशबाट शपथ लिने कार्यक्रम रहेको छ ।

उक्त शपथ कार्यक्रमअघि पौडेलले नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहनेगरि पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएका हुन् ।

पौडेल काँग्रेसमा वरिष्ठ नेता, केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्य, केन्द्रीय संसदीय बोर्ड सदस्य तथा गत मंसिरमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद थिए ।

प्रतिक्रिया दिनुहोस्