
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत पाँच जना स्टाफ नर्सलाई हटाएको छ । मन्त्रालयले वीर अस्पतालको कोभिड–१९ युनिफाइड शाखामा कार्यरत स्टाफ नर्सहरुलाई सेवावाट हटाईएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो ।
उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन् । गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को (घ) बमोजिम हटाईको गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।











