Logo
Logo

कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा


630
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा दिएको छ । राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा मंगलवार प्रदेश सरकारले सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराएको छ ।

यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा खखडेहरा मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्