
काठमाडौं । कोभिड १९ को बिश्वब्यापी महामारी तथा किरात एकेडेमी संरचना अनुकूलको कृति अभावको कारण लामो समयसम्म स्थगित भएको ‘किरात एकेडेमी पुरस्कार’ वितरणको लागि छनोट समिति गठन गरिएको छ ।
कृति तथा योग्यतम ब्यक्ति छनोट गर्न कवि तथा गीतकार भूपाल राईको संयोजकमा तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको हो । समितिको सदस्यमा डा. धनप्रसाद सुवेदी र चेतनाथ धमला रहेका छन् । किरात एकेडेमी पुरस्कार यसभन्दा अगाडि पहिलो युग पाठक र दोस्रो पटक झलक सुवेदीलाई प्रदान गरिएको थियो । ५० हजार राशि रहेको यो पुरस्कार तेस्रो पटक प्रदान गर्न लागिएको हो ।
योसंगैँ किरात एकेडेमीले नयाँ कार्य समिति पनि पुनर्गठन गरेको छ । एकेडेमीको अध्यक्षमा भूपाल राई नै चयन भएका छन् ।
उपाध्यक्षमा डा. धनप्रसाद सुवेदी, महासचिव चेतनाथ धमला, सचिव प्रकाश राई, कोषाध्यक्ष रुपकुमार राई, सदस्यहरुमा क्रमशः डा. यादेवी ढकाल, कला राई, राधा राई, बम बानियाँ, मनिष पिएम, आसकुमार राई रहेका छन् ।











