
काठमाडौं । आज माओवादी धारका नेताहरूले नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्ने भएका छन् । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका ९ पार्टीहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्न लागेका हुन् ।
गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।
सो निर्णयअनुसार माओवादी घटक दलहरूले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् । आज नागरिक अगुवाहरूसँग अन्तरक्रिया गर्ने र सुझावका आधारमा थप कार्यक्रम तय गर्ने उनीहरुको तयारी छ ।











