
काठमाडौं । माओवादी घटकहरूले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तरक्रिया स्थगित भएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार छलफल कार्यक्रमस्थल व्यवस्थापन हुन नसक्दा अन्तरक्रिया स्थगित गरिएको हो । सर्वोच्च अदालतले युद्धकालिन मुद्धालाई नियमित प्रक्रियाबाट हेरेपछि माओवादी घटकले आपत्ति जनाउँदै आएका छन् ।
सोहीबारेमा यसअघि गत २६ गते बसेको माओवादी घटकका पार्टीहरूको बैठकले पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने घोषणा गरेका थिए । गत २८ फागुनमा संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले आज गर्ने भनिएको नागरिक अगुवा तथा बुद्धिजीविहरूसँग छलफल र अन्तरक्रिया गर्ने अन्तिममा स्थगित गरेका हुन् ।











