Logo
Logo

पूर्वाधारका क्षेत्रमा लगानी गर्न चीनलाई प्रधानमन्त्रीको आग्रह


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वाधारका क्षेत्रमा लगानी गर्न चीनलाई आग्रह गरेका छन् ।

मंगलबार बिहान नेपाल–चीन बिजनेस फोरमको बैठकमा बोल्दै उनले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको भन्दै नेपालको विकासका लागि चिनियाँ लगानी आवश्यक रहेको बताएका हुन् ।

नेपाली वस्तुलाई सहज रूपमा बजार दिन समेत उनले आग्रह गरे । नेपालमा लगानीको सुरक्षामा समस्या नरहेको र लगानीबाट हुने लाभांश लैजान समस्या नरहेको उनले बताए ।

फोरमको बैठकमा भाग लिन आएका चाइना काउन्सिल फर दी प्रमोसन अफ इन्टरनेसन ट्रेड (सीसीपीआईटी)का उपाध्यक्ष झान साओनले चीनले ९८ प्रतिशत वस्तुलाई भन्साररहित बजार प्रवेश दिइएको बताए ।

चियालगायत वस्तुको निर्यात बढ्न सक्ने भन्दै उनले नेपालमा भएको वैदेशिक लगानीमा चीन पहिलो रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्