Logo
Logo

सुरेश चालिसे राष्ट्रपतिको प्रमुख स्वकीय सचिव नियुक्त


3.7k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले चालिसेलाई आज प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् । चालिसे पूर्व राजदूत हुन् । चालिसे पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकार समेत थिए ।

राष्ट्रपति पौडेलले निजी सचिवमा भने चिरञ्जीवी अधिकरीलाई नियुक्त गरेका छन् । सपथ लिएको दोश्रो दिन राष्ट्रपति पौडेलले दुई जनालाई नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्