
काठमाडौं । पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसे राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिव नियुक्त भएका छन् । मंगलबार राष्ट्रपति पौडेलले डा चालिसेलाई आफ्नो स्वकिय सचिव नियुक्त गरेको शीतलनिवासले जनाएको छ ।
नेपालका लागि अमेरिका र बेलायतका राजदूत रहिसकेका चालिसे तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार पनि थिए।
यसैगरी राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका छन् । उनी लामो समयदेखि पौडेलको स्वकीय सचिवका रूपमा कार्यरत थिए ।











