Logo
Logo

बलात्कार कसुरमा सप्तरीका एक युवकलाई ७ वर्ष कैद


504
Shares

काठमाडौं । सप्तरी जिल्ला अदालतले डाक्नेश्वरी नगरपालिका–८ का एक युवकलाई सात वर्ष कैद सजाय सुनाएको छ ।

सप्तरीकी २५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा मंगलबार न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ३० वर्षीय सुन्दर मुखियालाई सात वर्ष कैद सजाय सुनाएको हो ।

आरोपितलाई सात वर्ष कैदका साथै पीडितलाई ५० हजार क्षतिपूर्ति दिनुपर्ने र फौजदारी कसुर राहत पीडित कोषमा एक हजार तीन सय जम्मा गर्नुपर्ने फैसला भएको सप्तरी  अदालतले जनाएको छ ।

तीनवर्ष अघि नै अदालतमा दर्ता भएको अभियोगको ३३औं पटकको पेशीमा मंगलबार फैसला भएको हो । आरोपितले २०७६ असोज ३ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७६ असोज ६ गते उजुरी दिएका थिए ।

पीडितका अनुसार पति माछा मार्न राति ढोका ढप्काएर निक्लिएका बेला कोठाभित्र प्रवेश गरेका आरोपितले बलात्कार गरेका थिए । आरोपित २०७६ पुस ११ गते पक्राउ परेपछि माघ ६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्