Logo
Logo

मलमा गरिएको मुल्यवृद्धि खारेज गर्न माग


3k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका उपमहासचिव तथा प्रवक्ता सन्जिप राईले सरकारले मलमा गरेको मुल्वृद्धि अबिलम्ब खारेज गर्न माग गरेका छन् ।

सरकारको बिरोध गर्दै नेता राईले सामाकिज सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्ड माथी खबरदारी गरेका छन् । ‘कृषि प्रधान देश भनेर क्रान्तिकारी नारा लगाउनेहरु, किसान बर्गको हितका लागि लडिरहेका भन्नेहरु, जिवनदाता किसान भन्नेहरु, महान किसान भन्नेहरु आज राज्य सत्ताका मुलि छन्’, नेता राईले समाकाजिक सञ्जालमा लखेको छन् ।

प्रवक्ता राईले विभिन्न बहाना देखाएर किसानलाई बितरण गरिने मल अनुदानमा भएको मुल्य वृद्धिको सबैले विरोध गरौं, दलाल पुजिंपती बर्ग संग डटेर लड्ने भनी सरकारले मलमा गरेको मुल्य वृद्धि अबिलम्ब खारेज गर्न माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्