Logo
Logo

 भोजपुरमा बाँदर आतङ्क– बस्ती मानवविहीन हुने खतरा


15.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र भोजपुरले बाँदर आतंकको कारण उर्वर जमिन बाँझो छोड्नुपर्ने किसानको समस्यालाई मध्यनजर गर्दै तत्काल बाँदर आतंक नियन्त्रण गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

माओवादी केन्द्र भोजपुरको ८१ वडाअध्यक्ष, ९ स्थानीय तह प्रमुख र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई दवाव स्वरुप बादर आतङ्क नियन्त्रणका लागि बुधबार ज्ञापनपत्र बुझाएको हो ।

किसानको विकराल समस्या समाधान गर्ने उपायको खोजी गरी किसानलाई प्रोत्साहन नगर्ने भने कुनै पनि गाउँ मावन वस्तिविहिन हुने माओवादी केन्द्र भोजपुरले चेतावनी समेत दिएको छ ।

‘बाँदर आतङ्कका कारण उर्वर जमिन बाँझो छोड्नुपर्ने बाध्यतासँगै गाउँबाट किसानहरु पलायन हुने संख्या दिनानु दिन बढिरहेको छ । राज्यले गम्भिरतापूर्वक विकराल समस्या समाधान गर्ने उपायको खोजी गरी किसानलाई प्रोत्साहन नगर्ने हो भने कुनै पनि गाउँ मावन वस्तिविहिन हुने कुरा निश्चित छ । आम किसानहरुको समस्यालाई मध्यनजर गरी तत्काल बाँदर नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार समक्ष जोड्दार माग गर्दर्छौ’ ज्ञापनपत्रमा भनिएको छ ।

सो पार्टीले सरकारी तवरबाट बाँदर नियन्त्रण नगरिए स्थानीय किसानहरु बाादर नियन्त्रण गर्न जस्तो सुकै कठोर कदम चाल्न समेत बाध्य हुने र उक्त अभियानको नेतृत्व नेकपा माओवादी केन्द्र भोजपुर तयार रहेको समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस्