Logo
Logo

कांग्रेस एक सातापछि मात्र सरकारमा सहभागी हुने


2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेस एक सातापछि मात्र सरकारमा सहभागी हुने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठकमा बैठकमा पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेता सहभागी थिए । छोटो समय चलेको बैठकमा नेपाली कांग्रेसले विभिन्न चार वटा निर्णय गरेको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार पार्टी, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकोमा धन्यवाद दिने, चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा जसपाका उम्मेदवारलाई मत दिने र सरकारमा सहभागी हुनेबारे छलफल भएको थियो । सोक्रममा एक साता सरकारमा नजाने पार्टीले निर्णय गरेको उनले बताए ।

छलपलका क्रममा पार्टीका तत्कालीन वरिष्ठ नेता पौडेल गत फागुन २५ मा राष्ट्रपति निर्वाचित भएकोमा कांग्रेसले बधाई दिने निर्णय गरेको हो छ । पौडेल राष्ट्रपति निर्वाचित भएपछि कांग्रेससँगको आवद्धता टुंग्याइसकेका छन् ।

यस्तै, पौडेललाई राष्ट्रपतिमा मत दिई निर्वाचित गर्ने सबै दलहरू तथा संघीय र प्रदेश सभा सांसदहरूलाई कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले धन्यवाद दिएको छ ।

यस्तै, ३ चैतमा हुने उपराष्ट्रपति चुनावमा जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादवलाई मत दिने कांग्रेसले निर्णय गरेको प्रवता महतोले जानकारी दिए । यसअघि ८ दलीय गठबन्धनमध्ये अधिकांश दलले उपराष्ट्रपति जसपालाई दिने सहमति गरेका थिए ।

वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनबारे पनि कुराकानी भएको र उम्मेवार हुन चाहने पार्टीका नेताहरूको नाम प्रस्ताव र सिफारिसका लागि केन्द्रीय कार्यालयले उपयुक्त समयमा पार्टीका तल्ला तहलाई निर्देशन दिने पनि निर्णय गरेको छ ।

कांग्रेसले अहिले प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा सरकारले निरन्तरता पाउने र गठबन्धनका अरू दलहरू यो सरकारमा सामेल हुने बताएको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले चुनावकै बेलाको गठबन्धनलाई पुनः लयमा ल्याइएको र पौडेललाई राष्ट्रपति बनाउन सफल भइएकाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्