काठमाडौं । सरकारले रासायनिक मलको मूल्य वृद्धि गरेको भन्दै कृषकले विरोधमा प्रदर्शन गरेका छन् । बुधबार राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले राजधानीको माइतीघर मण्डलामा मूल्य बृद्धिविरुद्ध प्रदर्शन गरेका हुन् ।

सरकारले केही दिनअघि रासायनिक मलको मूल्य वृद्धि गरेको थियो । मलमा सहुलियत दिनुपर्नेमा उल्टै मूल्य बृद्धि गरेकाले विरोधमा उत्रिएको उनीहरुको भनाइ छ ।
मूल्यबृद्धिको प्रदर्शनमा सहभागीले नेपाली जनताको जीवन यापनको मुख्य आधार कृषि भएको भन्दै रासयनिक मलमा मूल्य बढाएर सरकारकाले जनता मारा काम गरेको आरोप लगाए । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता लिनसमेत सरकारसँग माग गरेका छन् ।











