Logo
Logo

यती एयरलाइन्स दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद ४५ दिन थपियो


441
Shares

काठमाडौं । सरकारले यती एयरलाइन्सको टिआर विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय बुधबार पत्रकार सम्मेलन गरी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् । उनले यती एयरलाइन्स विमान दुर्घटनासम्बन्धी छानविन आयोगको म्याद ४५ दिन थपिएको जानकारी गराएकी हुन् ।

फाइल तस्बिर

गत १ माघमा काठमाडौंबाट पोखराका लागि उडेको यतीको एटीआर ७२ विमान ११ बजेतिर सेती नदीको खोंचमा दुर्घटनाग्रस्त हुँदा ७२ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्