Logo
Logo

कांग्रेसले आचारसंहिता उल्लंघन गरेको भन्दै एमालेद्वारा आयोगमा उजुरी


2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनको आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

उपराष्ट्रपति निर्वाचनको मौनअवधि सुरु भइसकेपछि अवस्थामा कांग्रेसले उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन दिने निर्णय गरेपछि एमालेले आयोगको ध्यानाकर्षण गराएको हो ।

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा बुधबार कांग्रेसको सोमबार बसेको कार्यसम्पादन बैठकले रामसहायप्रसादलाई भोट हाल्न सांसदलाई निर्देशन दिने निर्णय गरेको थियो । जबकि, उपराष्ट्रपति निर्वाचनका लागि गएरातिदेखि नै मौनअवधि सुरु भइसकेको छ ।

एमाले सचेतक महेश बर्तौलाले आचारसंहिता उल्लंघनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताए ।

उनले भने, ‘नेपाली कांग्रेसले गरेको निर्णयले उपराष्ट्रपति जस्तो गरिमामय पदको निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको छ । यसले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई समेत कमजोर बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस्