काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् ।

शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गरेका थिए । सो परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने तयारी गरेको हो ।
यसबारे औचारिक निर्णय भने भएको छैन । सत्ता साझेदार दलका शीर्ष नेताले चैत ६ गते विश्वासको मत लिने विषयमा समझदारी बनाएको सचिवालयका एक सदस्यको भनाई छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी रहेको छ ।











