Logo
Logo

निर्वाचन गराउने सरकारको नेतृत्व देउवाले गर्नेछन् : विमलेन्द्र निधि


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने बताएका छन् ।

नेपाली कांग्रेस ललितपुर नगर समितिले विहीबार बिहान मंगलबजारमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

यस्तै नेता निधिले पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड, दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए ।

नेता निधिका अनुसार दलहरुबीच भएको सहमति अनुसार गठबन्धनको सरकार पाँच बर्षसम्म कायम रहनछ । उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र कांग्रेस सरकारमा जाने बताउँदै उनले प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने बताए ।

निधिले कांग्रेसको अग्रसरतामा एमालेसँगको गठबन्धनबाट माओवादी मुक्त भएको समेत बताए । त्यससँगै नेपालको राजनीति कोर्ष करेक्सनमा गएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्