Logo
Logo

कृषि तथा वन विश्वविद्यालयका डिन जयप्रकाश दत्त निलम्बित


3.6k
Shares

काठमाडौं । चितवन रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्त निलम्बित भएका छन् । जुम बैठक चलिरहँदा एक महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि उनी निलम्बनमा परेका हुन् ।

बुधबार दत्तले एक महिला कर्मचारीलाई दुव्र्यवहार गरेको भिडिओ सञ्चारमाधयममा सार्वजनिक भएको थियो । उनलाई बिहीबार निलम्बन गरिएको कृषि तथा वन विश्वविद्यालयका उपकुलपति पुन्यप्रसाद रेग्मीले जानकारी दिए ।

बिहीबार बसेको बैठकले दत्तलाई निलम्बन गरेको र यस विषयमा छानविन गर्नका छानविन समिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ । छानविन समितिलाई प्रतिवेदन तयार गर्न ४ दिनको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्