काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्ववियु चुनावलक्षित घोषणापत्र सार्वजनिक गरेको छ । यही ५ चैतमा हुने स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले बिहीबार घोषणापत्र सार्वजनिक गरेकी हुन् ।

अखिलको घोषणापत्रमा सार्वजनिक यातायातमा दिँदै आएको ४५ प्रतिशत छुटलाई ५० प्रतिशत बनाउने, स्नातकोत्तर गरेको विद्यार्थी बेरोजगार भएमा राज्यले अनिवार्य बेरोजगारी भत्ता दिने व्यवस्था गर्ने, राजनीति भागबण्डाको आधारमा नियुक्ति बन्द गर्ने, प्रमाणपत्र धितो राखी कम ब्याजदरमा ऋण प्राप्त गर्ने नीति कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।











