
काठमाडौं । नयाँ उपराष्ट्रपति चुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । केहिबेर अघि नयाँ बानेश्वरस्थित संसद भवन पुगेर प्रधानमन्त्री प्रचण्डले मतदान गरेका हुन् ।
उपराष्ट्रपतिका लागि तीन जना प्रतिस्पर्धामा छन् । सतता गठबन्धनका तर्फबाट जसपाका रामसहाय यादव र जनमतका ममता झा उम्मेदवार बनेका छन् । यता नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ ।











