Logo
Logo

प्रभु बैंकले र सिजी मोटर्सबीच इलेक्ट्रिक भेहिकल खरिदका लागि सर्वसुलभ कर्जा दिने



काठमाडौं । प्रभु बैंक लिमिटेड र सिजी मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिजी मोटर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र सिजी मोटर्सबीच सम्पन्न सम्झौताअनुसार सिजी मोटर्स मोटर्सले आयात गरेको नेटा भी मोडेल÷ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्ने भएका छन् ।

प्रभु बैंकको देशभर रहेको तीन सय ६५ शाखाबाटै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनमा सहयोगी हुने बैंकले विश्वास बैंक लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्