Logo
Logo

उपराष्ट्रपति चुन्न एम्बुलेन्स चढेर संसद भवन पुगे अब्दुल कलाम


756
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद मोहमद अब्दुल कलाम आजाजले ट्रमा सेन्टरबाट ह्वील चियरमा संसद भवन नयाँ बानेश्वरमा पुगेर उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् ।

मधेश प्रदेशका सामाजिक विकास राज्यमन्त्रीसमेत रहेका आजादले खुट्टामा चोट लागेका कारण केही दिनयता ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् । त्यसैले नयाँ बानेश्वरस्थित संसद भवनमा जारी उपराष्ट्रपतिको निर्वाचनमा उनी दिउँसो २ बजे पुगेर मतदान गरेका हुन् ।

जसपामा रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादव उपराष्ट्रपतिको उम्मेदवार छन् । रामसहाय यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । यस्तै, प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेकी छन् ।
यस्तै, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतको ममता झा उम्मेदवार रहेका छन् । अहिले मतदान जारी छ ।

प्रतिक्रिया दिनुहोस्