Logo
Logo
उपराष्ट्रपति निर्वाचन

मतदान सकियो, साढे तीन बजेदेखि मतगणना


378
Shares

काठमाडौं । उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । निर्वाचनमा संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८ सय २९ मत खसेको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार प्रतिनिधिसभा तथा राष्ट्रियसभाका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरे ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको मतदानमा संघीय संसदतर्फका ३ सय ३२ र प्रदेशसभामाका ५ सय ५० सांसद मतदाता रहेका थिए ।

जसमा राप्रपाका १४ र नेपाल मजदुर किसान पार्टीका १ सांसद मतदानमा सहभागी भएनन् । यस्तै, राष्ट्रपति रामचन्द्र पौडेल, एमालेका लक्ष्मी महतो, कांग्रेसका चन्द्र भण्डारी, माओवादी केन्द्रका वर्षमान पुन मतदानमा सहभागी भएनन् ।

संघीय संसद् भवनको ल्होत्से हलमा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ सम्मका लागि मतदानको समय तोकिएको थियो । मतदान सकिएसँगै अहिले साढे ३ बजेदेखि मतगणना सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्