Logo
Logo

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ


504
Shares

काठमाडौं । चितवन, राप्ती नगरपालिका–२ राईटोलबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित सोही ठाउँ बस्ने ३२ वर्षीय चन्द्रबहादुर प्रजालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, रुपन्देही, देवदह नगरपालिका–८ बंगाली डेरा गरी बस्ने सोही नगरपालिका–७ घर भएका ४६ वर्षीय राज कुमार कुँवरलाई अवैध लागूऔषध गाँजा ४ केजी ५ सय ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनको डेरा कोठाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै देवदह नगरपालिका–७ हिलटोल बस्ने २४ वर्षीय विशाल दर्जीलाई अवैध लागूऔषध गाँजा ३ केजीसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, पर्सा, वीरगंज महानगरपालिका–१६ शंकरचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–४ ईमाडोल बस्ने ३२ वर्षीय प्रविण खनाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बिर्ता र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको हो ।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका–१६ शंकरचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १४ मिलिग्राम, नियन्त्रित लागूऔषध नुर्फिन २ एम्पुल, डाइजेपाम २ एम्पुल, फेनारगन २ एम्पुल र नाइट्राभेट १५ ट्याब्लेटसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१ मुसहर्नीमाई टोल बस्ने २८ वर्षीय बिशाल आले मगर र तनहुँ व्यास नगरपालिका–१२ देउराली बस्ने ३५ वर्षीय लाल बहादुर गुरुङ रहेका छन् ।

वडा प्रहरी कार्यालय बिर्ताबाट र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट संयुक्त रूपमा खटिएको प्रहरीले ना.४४ प ४३११ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकला सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, कञ्चनपुर, भिमदत्त नगरपालिका–७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६५ मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय रोहित महरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईन करिब १ ग्राम ७० मिलिग्रामसहित बर्दिया मधुवन गाउँपालिका–६ बस्ने २१ वर्षीय अर्जुन खत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियादेखि काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ३५३१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्