Logo
Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख १० हजार


2k
Shares

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुन प्रतिताोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापवाल सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ७ हजार एक सय रुपैयाँ र तेजावी सुन तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँमा मा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार ५ रुपैयाँले बढेर १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

यसभन्दा अघि २०७९ माघ १९ गते छापावाला सुन १ लाख ७ हजार ५ सय पुगेर नयाँ रेकर्ड बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्