Logo
Logo

स्ववियु निर्वाचन : देशभर शान्तिपूर्वक मतदान जारी


630
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार हालसम्म देशभरका सबै क्याम्पसमा शान्तिपूर्वक मतदान भइरहेको छ ।

देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ । २०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्वाचनमा आइतबार विद्यार्थीको उत्साह देखिन्छ ।

विद्यार्थी सङ्गठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस्