
काठमाडौं । शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सुशान्त बस्नेत निर्वाचित भएका छन् ।
बस्नेतसँग अनेरास्ववियुका मुना तिवारी, अखिल क्रान्तिकारीका विरेन जिसी र स्वतन्त्र सुशील धामी प्रतिस्पर्धामा थिए । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र नेकपा एस अनेरास्ववियूबीच तालमेल भएको थियो ।











